गोरखामा थ्री स्टार रिसोर्ट बन्ने
गोरखा, भदौ १५ ।
गोरखा सदरमुकाममा पहिलो पटक थ्रिस्टार स्तरको होटल बन्ने भएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी गोरखा गार्डेन रिसोर्ट बनाउन लागेको हो । गोरखा र चितवनका ब्यबसायीहरुको सामुहिक लगानीमा १३ रोपनी क्षेत्रफल भित्र रिसोर्ट बन्नेछ ।
जग्गामात्रै ३ करोड २० लाख रुपैयाँमा किनेको प्रालीका उपाध्यक्ष बद्री मास्केले जानकारी दिए । उनका अनुसार रिसोर्ट निर्माणको काम आधाआधि सकिएको छ ।
रिसोर्टमा ६० वटा कोठा हुनेछन् । ३५० जना अट्ने सेमिनार हल रहनेछ । प्रालिमा गोरखाका ब्यबसायीको ४० प्रतिशत र चितवनका ब्यबसायीको ६० प्रतिशत शेयर लगानी छ । भरतपुरको चितवन गार्डेन रिसोर्टका लगानीकर्ताकै अगुवाईमा गोरखा गार्डेन रिसोर्टको तयारी गरिएको हो ।