गोरखामा तेश्रो भुकम्प स्मृति कपको तयारी

पोखरा, चैत ११ ।
गोरखाको शहीद लखन गाउँपालिका ६ घैरुङमा तेश्रो संस्करणको भुकम्प स्मृति कप फुटवलको तयारी हुँदैछ । कोर्थोक स्थित नवजीवन युवा क्लवको आयोजनामा प्रतियोगिता हुन लागेको हो । २०७२ सालको भूकम्पको स्मृतिमा भूकम्प पीडितहरुको सहयोगका लागि कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा पहिलो हुनेले ६५ हजार ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने दोश्रोले ३० हजार नगद सहित मेडल र प्रमाणपत्र पाउनेछ । यस्तै सेमिफाईनलबाट बाहिरिने २ टीमलाई पनि १०÷१० हजार रुपैयाँ दिईने क्लवका अध्यक्ष शिव श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा सहभागी हुने टीमले ५ हजार ५ सय ५५ धरौटी रकम र ५ सय रुपैयाँ दर्ता शुल्क बुझाउनुपर्छ । चैत २५ गतेदेखि टीम दर्ता खुल्ने श्रेष्ठको भनाई छ । प्रतियोगितामा २२ टीमको सहभागीता रहने आयोजकको अनुमान छ । प्रतियोगिता सम्पन्न गर्न करिब ३ लाख खर्च हुने कोषाध्यक्ष आसिम श्रेष्ठले जानकारी दिए ।