गोरखामा एम्बुलेन्स किन्न सांसदको सहयोग

पोखरा, पुस १४ ।
गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडीले गोरखामा एम्बुलेन्स किन्न आर्थिक सहयोग गरेका छन् । गाउँगाउँमा आकस्मिक सेवाका लागि सुरु गरिएको एम्बुलेन्स किन्ने अभियानलाई उनले ५५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।

दवाडीले अभियान कर्ता उपल्लो गोहोरे स्थित सीर्जनसिल ग्रामिण युवा समाजलाई सहयोग रकम हस्तान्तरण गरे । यस्तै खहरेमा रहेको झोलुङ्गे आमा समुहलाई ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । सांसद दवाडीले माथील्लो गोहोरेको अर्को आमा समूहलाई पनि ४० थान कुर्ची सहयोग गरे ।

दवाडी गोरखा क्षेत्र नम्बर २ को प्रदेशसभा (ख) बाट निर्वाचित भएका सांसद हुन् । उनले आफुले प्राप्त गरेको सरकारी सुविधा समाजसेवामा लगाउने बचन गरेका छन् भने आफ्नो ब्यवसायबाट आम्दानी भएको रकम समेत सामाजिक कार्यमा लगाएका छन् ।