गोरखाबाट हराएका दुई बालक काठमाण्डौंमा भेटिए

पोखरा, मंसिर १९ ।
मंगलबार विहानदेखि बेपत्ता भएका गोरखाका दुई बालक सम्पर्कमा आएका छन् । गोरखाको शहिद लखन गाऊँपालीकाका दुई बालक विद्यालयबाटै हराएका दुवैजना काठमाण्डौंबाट सम्पर्कमा आएको परिवार श्रोतले जनाएको छ ।

गोरखा सदरमुकामको द वल्र्ड क्यापिटल माध्यमिक विद्यालयमा कक्षा ७ मा पढ्ने १३ वर्षका प्रज्ववल राना र १४ वर्षका रोशन श्रेष्ठ मंगलबार बिहान देखि हराएका थिए । शहिद लखन गाउँपालीका ६ घैरुङ घर भई गोरखा सदरमुकाम बस्दै आएका प्रज्ज्वल र शहिद लखन गाउँपालीका ७ बुंकोटका रोशन बिहानी सत्रको पढाई सकेपछि हराएका हुन् । बिहान ६ देखि सवा ८ वजेसम्म बिहानी सत्रको कक्षामा बसेका उनीहरु खाना खाने छुट्टिमा घर निस्किएका थिए ।

तर घर नगाई उनीहरु सम्पर्क विहिन भएका विद्यालयका प्रिन्सिपल जनक केसीले बताए । सबैतिर खोजतलास गर्ने क्रममा काठमाण्डौंबाट सम्पर्कमा आएको आफन्त दिनेश थापाले जानकारी दिए ।