गोरखाबाट उडेको हेलीकोप्टर नुवाकोटमा खस्यो, ६ जनाको मृत्यु

पोखरा, भदौ २३ ।
गोरखाको सामागाउँबाट काठमाडौँका लागि उडेको हेलिकोप्टर नुवाकोटमा दुर्घटना भएको छ । अल्टिच्युड एयरको हेलिकोप्टर नुवाकोटको मेघाङ गाउँपालिका ४ मा खसेको प्रमाणित भएको छ ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्धब बहादुर थापाका अनुसार हेलिकोप्टरमा सवार ६ जनाको मृत्यु भएको छ । डोल्मा आनी भने जीवीतै भेटिएको बताइएको छ । उनको उद्धारको प्रयास भइरहेको प्रहरीले जनाले जनाएको छ ।

सामागाउँबाट उडेको हेलीकोप्टरमा पाँच जना नेपाली, एक जापानी र पाइलट निश्चल केसी सवार थिए ।

हेलीकोप्टरमा गोरखाको चुमनुब्री गाउँपालिका स्थित ल्हो गाउँकी आनी डोल्मा, चुमनुब्री १ साम्दोका छेवाङ नुर्बु, सिन्धुपाल्चोकका सुनिल तामाङ, पाइलट निश्चल केसी र जापानी नागरिक हिरोमी कामात्सु, रामेछापका दिल्ली बहादुर गुरुङ, दोलखाका हिरा शेर्पा सवार थिए ।

आनी बाहेक सबैको मृत्यु भएको नुवाकोट प्रशासनले जनाएको छ ।