गोरखाको ल्होमा अझै सुरु भएन मतदान

गोरखा, मंसिर १० ।
ल्हो आधारभुत प्रावि मतदान केन्द्रमा अझै मतदान सुरु हुन सकेको छैन । स्थानीय राजनितीक दलका प्रतिनिधीहरु समेत मतदान स्थलमा नआएको सहायक मतदान अधिकृत निर्माण घिमिरेले जानकारी दिए ।
‘हामी तयारी अबस्थामा छौँ’ घिमिरेले भने ‘राजनितीक दलका प्रतिनिधीहरु नै आउनु भएको छैन । उहाँहरु नआएकोले मतपेटिका नै सिल नै गर्न पाएका छैनौँ ।’
सो मतदान केन्द्रमा २६४ जना मतदाता छन् ।