गृहमन्त्रीमा बादल, मात्रिकालाई उद्योग मन्त्रालय

काठमाण्डौं, फागुन १४ ।
माओवादी केन्द्रले नयाँ सरकारमा तत्काल रामबहादुर थापा बादलसहित दुई मन्त्री मात्र पठाउने तयारी गरेको छ । मन्त्रालय बाँडफाँटको अन्तिम टुंगो नलागेको र मन्त्रीहरुका आकांक्षी धेरै देखिएपछि माओवादीले पहिलो चरणमा दुई जनालाई मात्र सरकारमा पठाउने तयारी गरेको हो । माओवादी केन्द्रबाट सरकारको नेतृत्व गर्ने बादललाई गृहमन्त्रीका रुपमा सरकारमा पठाउने तयारी गरिएको छ । मात्रिका यादवले समेत आजै मन्त्रीको सपथ लिने माओवादीका एक नेताले बताए । मात्रिकालाई उद्योग वाणिज्य वा वन मन्त्रालय मध्ये एक दिने तयारी गरिएको छ । राष्ट्रपति कार्यालयमा अपराह्न ३ देखि ४ बजे मन्त्रीहरुको सपथको कार्यक्रम छ ।
माओवादीले विना मगरलाई पनि मन्त्री बनाउने तयारी बुझिएको छ । यद्यपी टुंगिएको भने छैन । पम्फा भुसाल पनि मन्त्रीको लाईनमा छिन् । प्रचण्डले मन्त्रीको नाम सिफारिस बुझाईसकेका छन् ।