गुरुङले गरिन् आफ्नै प्रेमीको हत्या !

एजेन्सी, बैशाख २० ।
कुवेतमा चार वर्षदेखि अवैध बस्दै आएकी माया गुरुङले ‘लिभिङ टुगेदर’ का रुपमा बस्ने तनहुँका खेम बिकलाई छुरी प्रहार गरी बुधबार हत्या गरेकी छिन् ।

प्रहरीले गुरुङलाई पक्राउ गरेको छ । विकको शव पोष्टमार्टमको लागि फरेन्सिक विभागमा लगिएको आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।