गुफा हाम्रो सम्पत्ति हो, पर्यटक तान्ने योजना बनाउँछु–थापा

पोखरा, मंसिर ११ ।
घरदैलो गरेको पनि झण्डै २० दिन वित्यो । प्रत्येक वडामा पुगेर आफनो पक्षमा मत माग्न उम्मेदवार निकै व्यस्त छन् । बासै बसेर भएपनि आफुलाई प्रदेश सभा सदस्यमा चुनिन नेपाली काँग्रेस कास्की क्षेत्र नं २ प्रदेश खका उम्मेदवार विन्दुकुमार थापा घरदैलो अभियानलाई निरन्तरता दिईरहेका छन् । सुगम देखि दुर्गमसम्म पुगेर काँग्रेसको पक्षमा अभिमत तयार गर्न उनीसँगै अन्य उम्मेदवारले पनि साथ दिईरहेका छन् ।
घरदैलो गर्दै थापाले अर्मला, काहुँ, भलाम अनि मौजासम्म पुगेर फर्किए । विस्तारै चुनावको मिति नजिकिदैं गर्दा मतदातासम्म पुगिरहेका छन् । थापा अहिले पोखरा १६ दिपमा घरदैलो अभियानमा सक्रिय रहेका छन् । विहानै उठेदेखि साँझसम्म घरदैलो गर्न भ्याई नभ्याई छ ।
१६ को घरदैलो गर्ने क्रममा थापाले वडामा पर्यटकीय सम्भावना रहेका गुफालाई संरक्षण गर्दै पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउनुपर्नेमा जोड दिए । “महेन्द्रगुफा र चमेरो गुफालाई व्यवस्थित गर्न सकिए पर्यटनको केन्द्रविन्दु बन्न सक्छ ।”उनले भने–त्यसको लागि ठोस नीति बनाई काम गर्न जरुरी छ ।” गुफाको लागि दीर्घकालिन योजना बनाई काम गर्नुपर्नेमा समेत उनको जोड थियो ।
घरदैलोमा नेपाली काँग्रेसका आमन्त्रित सदस्य कुमार खड्का, कास्की क्षेत्र नं २ प्रतिनिसध सभा सदस्य देवराज चालिसेले विन्दुकुमार थापालाई साथ दिईरहेका छन् । घरदैलोमा पुर्व मन्त्री समेत रहेको खड्काको नेतृत्ववमा सयौंको संख्यामा सहभागि भएका थिए ।