गुण्डा मनोज पुनलाई सघाएको आरोपमा माओवादी केन्द्रका दुई केन्द्रीय सदस्य निष्कासित

रुपन्देही, वैशाख १४ ।

माओवादी केन्द्रले केन्द्रीय सदस्यसहित २ जनालाई पार्टीबाट निष्कासन गरेको छ । गुण्डा नाइके मनोज पुनलाई सघाएको आरोपमा पक्राउ परेका केन्द्रीय सदस्य लेखनाथ न्यौपाने र जिल्ला सदस्य तुल्सी न्यौपानेलाई पार्टीको साधारण सदस्य नरहने गरी माओवादी केन्द्रले निष्कासन गरेको हो ।

रुपन्देही जिल्ला इन्चार्ज दधिराम न्यौपानेले विज्ञप्ती निकाल्दै उनीहरुलाई पार्टीको कुनै जिम्मेवारीमा नरहने गरी निष्कासन गरिएको बताउनु भएको हो । यसअघि युवा संघका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज सुजु मल्ल र जिल्ला सदस्य उत्तम आचार्यलाई मनोज पुनलाई सघाएको आरोपमा प्रहरीले पक्राउ गरेपछि एमालेले उनीहरुलाई पार्टीबाट निष्कासित गरेको थियो ।