गाडी दुर्घटनामा ८ घाईते

पोखरा, असोज १५ ।
गण्डकी प्रदेशका विभिन्न जिल्लामा भएको दुर्घटनामा ८ जना घाईते भएका छन् । लमजुङको बेशिशहरमा जीप पल्टिँदा २ जना घाईते भए । दोर्दी जाँदै गरेको ग १ ज ६००८ नम्बरको जिप अनियन्त्रित भई पल्टिँदा दोर्दि गाउँपालिकाकाी ७५ बर्षिया धनकुमारी गुरुङ र ३४ बर्षका मोतिलाल गुरुङ घाईते भएका हुन् । उनीहरुको जिल्ला सामुदायिक अस्पतालमा उपचार भैरहेको छ ।

यस्तै, नवलपुरको देवचुनी नगरपालिकामा ट्रकको टायर भाँचिएर दुर्घटना हुँदा ३ जना घाईते भए । मुकुण्डखोलामा दाङबाट काठमाण्डौं जाँदै गरेको ना ३ ख ५५८४ नम्बरको ट्रकको पछाडिको दाहिने साईडको २ वटै टायर एक्सल सहित भाचिएर अचानक फुत्किएर पैदलयात्रुलाई लागेको हो । दुर्घटनामा देबचुली नगरपालिकाकी १२ बर्षिया विस्मिल्ला खातुन, ९ बर्षकी जमुन मिया र अर्का नौ बर्षका अप्रुभ मिया घाईते भएका हुन् । उनीहरुको पूरानो मेडिकल कलेजमा उपचार भैरहेको छ ।

नवलपुरमै मोटरसाईकल पल्टिँदा ३ जना घाईते भए । मध्यविन्दु नगरपालिकाबाट अम्रसा जाँदै गरेको लु १३ प ५९६५ नम्बरको मोटरसाईकल आँफै अनियन्त्रित भई नालीमा पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाईकल चालक मध्यबिन्दु नगरपालिका ७ का २० बर्षिय मनबहादुर महतो, पछाडी सवार २० बर्षिय विशास सोति र नवीन महतो घाईते भएका हुन् । उनीहरुको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको छ ।