गाउँपालिकाको निर्णय विपरित अन्नपूर्ण बेस क्याम्पमा हेलिकोप्टर

पोखरा, असोज २० ।
पर्यावरण विग्रिएको भन्दै अघिल्लो महिना कास्कीको अन्नपूर्ण गाउँपालिकाले आफ्नो गाउँपालिका क्षेत्रभित्र हेलिकोप्टर उडानमा रोक लगायो । केही समय रोकियो पनि । तर महिनादिन नवित्दै हेलिकोप्टर कम्पनीले गाउँपालिकाको निर्णय टेरेनन् ।

शुक्रबार ८ पटकसम्म हेलिकोप्टर उडाईयो । पोखरा विमानस्थलका अनुसार शुक्रबार भएका दुई उडान रेस्क्युका लागि र बाँकी छ उडान व्यवसायिक हुन् । पोखरा विमानस्थलका प्रवक्ता काशीनाथ पौडेलले सिम्रिक एयरका छ वटा व्यावसायिक र प्रभुका दुई वटा रेस्क्यु उडान भएको बताए ।

गाउँपालिकाले निषेध गरेको ठाउँमा हेलिकोप्टर उडाएका कम्पनीले कुनै जवाफ दिएनन् । वन्यजन्तुको वासस्थान जाृगाउन र पर्यावरण जोगाउन पनि आपत्कालीनबाहेक उडान गर्न नदिने निर्णय भएको हो ।

गाउँपालिका अध्यक्ष युवराज कुवँरले निर्णय विपरित काम गर्ने हेलिकोप्टर कम्पनीलाई सचेत गराईसकेको बताए । ‘कुनै हालतमा बेसक्याम्पमा हेलिकोप्टर लैजान दिदैनौं । सिईयोलाई फोन गरेर सचेत गराएका छौं, उनले भने–रेस्क्यु र हिडडुल गर्न नसक्नेलाई हेलिकोप्टरमा लान लैजान मिल्छ । अरुबेला हेलिकोप्टर उडाउन मिल्दैन ।’

उनले पर्यावरणमा प्रतिकुल असर पर्ने गरि कुनैपनि उडान गर्न नदिने बताए । ‘गाउँपालिकामा सुको राजश्व आउँदैन । हाम्रो क्षेत्रभित्र हेलिकोप्टर उडाउँदा हामीलाई राजश्व बुझाउनुपर्छ, उनले थपे–तर आम्दानी हुन्छ भन्दैमा मनपरी उडान हुन दिदैनौं । अन्नपूर्णमा ब्यवसायीक उडान हुँदैन ।