गाईभैंसीलाई पनि २५ सय भत्ता

पर्वत, असोज १६ ।
पर्वतको जलजला गाउँपालिकामा रहेको पशु सेवा शाखाले पशुहरूमा कृत्रिम गर्भाधारण सेवालाई कृषकहरु माझ पुर्याउन आकर्षण कार्यक्रम सार्वजनिक गरेको छ । कृषकहरुलाई कृत्रिम गर्भाधान प्रति आकर्षण गराउन सुत्केरी गाईभैंसीलाई भत्ता उपलब्ध गराउने निर्णय गरेको छ ।

आर्थिक वर्ष २०७५/७६ को कार्यक्रममा गाईभैसीलाई कृत्रिम गर्धाधारण गराउने कृषकहरुलाई पोषण भत्ता स्वरुप २ हजार ५ सय रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको पशुचिकित्सक विमल शर्मा पौडेलले जानकारी दिए । कृत्रिम गर्भाधारण गराउदा उत्पादन वृद्धी हुनुका साथै नष्लमा समेत सुधार आउने उनले दावी गरे ।

कृषकहरुलाई कृत्रिम गर्भाधारण गराउदाका फाइदाको बारेमा कृषक र जनप्रतिनिधीहरु मार्फत गाउँगाउँमा चेतना फैलाउन थालिएको पौडेलले बताए । त्यसैगरी दुग्ध सहकारी संस्था मार्फत दूध बिक्री वितरण गर्ने कृषकलाई प्रति लिटर दुई रुपैयाँका दरले अनुदान दिने कार्यक्रम रहेको पनि उनी सुनाउँछन् । नेपाल समाचारपत्रमा खबर छ ।