गाँजा सहित पोखराबाट २ जना पक्राउ

पोखरा, कार्तिक १२ ।
पोखराबाट गाँजा सहित २ जना पक्राउ परेका छन् । काजीपोखरीबाट २३ बर्षिय प्रकाश परियार पक्राउ परेका हुन् ।

उनले बोकेको झोलामा शंका लागेपछि खानतलासी गर्दा गाँजा भेटिएको प्रहरीले जनाएको छ । उनको झोलाबाट ५ सय ग्राम गाँजा भेटिएको थियो ।

पोखरा १४ शान्तिटोल का १६ बर्षिय सुन्दर विकलाई पनि नियन्त्रणमा लिई अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।