गण्डकी विकास बैंकका अध्यक्षद्वारा सपथ ग्रहण

पोखरा, असार ४ ।

गण्डकी विकास बैंक लिमिटेडका नवनिर्वाचित अध्यक्षसुशिल गौचनले सोमबारसपथ ग्रहण गरेका छन् । गौचनलाई सोमबार नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले सपथ ग्रहण गराएका हुन् । गत जेठ २५ गते बसेको बैंकको दशौ बार्षिक साभारण सभाले सुशिल गौचन, पद्मप्रसाद पौडेल, किशोर ओझा, नारायणबहादुर बानिया, कृष्णबहादुर थापा र बासुदेव त्रिपाठीलाई संचालक पदमा निर्विरोध निर्वाचित गरेको थियो ।

त्यसपछि बसेको नवनिर्वाचित संचालकहरुको बैठकले सुशिल गौचनलाई बैंकको संचालक समितिको अध्यक्षमा सर्वसम्मत चयन गरेको थियो । साधारण सभापछि बैंकको चुक्ता पूँजी २ अर्ब ७५ करोड पुगेको छ । चुक्ता पूँजीको आधारमा गण्डकी विकास बैंक लिमिटेड नेपालको सबैभन्दा धेरैे चुक्ता पूँजी भएको विकास बैंक भएको छ । बैंकले नेपालको पूर्व देखि पश्चिम सम्म ६२ वटा शाखा संचालनमा ल्याएको छ भने थप १५ वटा शाखाहरु यसै आ.ब. भित्र संचालनमा ल्याउन तयारी गरेको छ ।