गण्डकी प्रदेश प्रमुख शेरचनलाई मौलिक बाजा इतिहासमा पनि नभेटिने होकी भन्ने चिन्ता

पोखरा २१ मंसिर ।
गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले युवा पुष्तालाई पुरानो बाजाको बारेमा युवा पुष्ताले चासो नलिए मौलिक बाजा ईतिहासमा समेत नभेटिने वताएका छन । पश्चिमी बाजाहरुको प्रभावका कारण नेपाली मौलिक बाजाहरु हराउदै गइरहेको र यसको बारेमा अहिलेको पुष्ताले चासो नलिए मौलिक बाजाको बारेमा इतिहासमा समेत नभेटिने वताएका हुन ।

नेपाल संगीत नाट्य एकेडेमीको आयोजना तथा हिमाली सांस्कृतीक परिवारको सहकार्यमा शनिवार सम्पन्न गण्डकीका धुनहरु कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेश प्रमुख शेरचनले पछिल्लो समय पश्चिमी बाजाको प्रभावका कारण नेपालको मौलिक बाजाहरु लोपोन्मुख अवस्थामा पुगेको र यसको बारेमा समयमानै चासो र सोधखोज नगर्ने होभने ईतिहासको पानामा पनि मौलिक बाजाको बारेमा नभेटिने वताएका हुन ।

नेपाली मौलिक बाजाको आफ्नै महत्व र इतिहास भएको भएतापनि यसको बारेमा कोही कसैले चासो नदेखाएकाले यसको बारेमा चासो देखाउन सम्बन्धित निकायलाई आफुले आग्रह गर्ने शेरचनको भनाइ रहेको थियो । बाजाहरुको सम्मेलन गरी नेपाल संगीत नाट्य एकेडेमी र हिमाली सांस्कृतीक परिवारले चासो देखाएकोमा आफु निकै खुसी रहेको वताउदै शेरचनले यस्ता कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिन आग्रह गरे ।

११ जिल्लाको प्रतिनिधित्व हुने गरी शुक्रबार र शनिवार गरी दुई दिन सम्म सञ्चालन भएको कार्यक्रममा ९५ वटा लोपोन्मुख बाजाहरुको प्रदशनी र तीन वटा कार्यपत्रको प्रस्तुती रहेको थियो । कार्यक्रममा पञ्चेवाजाको बारेमा तुलसी प्रभा, हिमालमा प्रचलित बाजा टुङ्नाको बारेमा कर्मा फारम र नवलपुरको थारु बाजाको बारेमा पिताम्बर महतोले कार्यपत्र प्रस्तुत गरेका थिए । त्यसैगरी १२ वटा समुहहरुले गण्डकी प्रदेश भित्रका हिमाल, पहाड र तराईको प्रतिनिधित्व हुने गरी विभिन्न बाजाको धुनहरुको प्रस्तुती प्रस्तुत गरिएको थियो ।

 

उक्त कार्यक्रममा नेपाल संगीत नाट्य एकेडेमीका प्रमुख अशोक राइ र हिमाली सांस्कृतीक परिवारका अध्यक्ष मेनकाजी गुरुङको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको थियो ।