गण्डकी प्रदेशमा ४ बर्षभित्र बृद्धभत्ता ५ हजार–मुख्यमन्त्री गुरुङ

पोखरा, भदौ १ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ४ बर्षभित्र प्रदेश सरकारले वृद्धभत्तालाई बढाएर मासिक पाँच हजार पु¥याउने बताएका छन् । अन्नपूर्ण गाउँपालिकामा रहेको धारापानी माविको हिरक महोत्सवलाई उद्घाटन गर्दै उनले बृद्धभत्ता बढाउने प्रतिबद्धता जनाएका हुन् । उनले गण्डकी प्रदेशलाई देशकै नमुना प्रदेश बनाइ छाड्ने प्रतिबद्घता व्यक्त गर्दै ढिकुरपोखरीमा एग्रोइन्जिनियर क्याम्पस स्थापना गर्न ढिला गर्न नहुने तर्क राखे ।

सांसद दुर्गा विकले विगतको शिक्षा प्राविधिक नहुदाँ धेरै नेपाली जनता बेरोजगार बस्नु परेको स्मरण गर्दै शिक्षालाई व्यवहारिक बनाउनुपर्नेमा जोड दिइन् । नेपाली काँग्रेसका नेता शुक्रराज शर्माले अहिलेको शिक्षामा नैतिक पक्षको खाँचो रहेको बताए । उनले नेपालमा रोजगारमुलक शिक्षा विद्यालय तहबाटै पठनपाठन गराउनुपर्नेमा तर्क पनि गरे ।

प्रदेश सांसद राजीव पहारीले अन्नपूर्ण ३ मा एक घर एक धारा अभियानलाई पुर्णता दिने प्रतिबद्धता जनाए । उनले अन्नपूर्ण गाउँपालिकालाई पशुपालन र कृषिको उर्वर क्षेत्रको रुपमा विकास गरिनुपर्ने धारणा राखेका छन् । पुर्व सांसद एवं विद्यालयका शिक्षक सोमनाथ अधिकारी प्यासीले विद्यालय शिक्षाको महत्व औँल्याउँदै पाउँदुर बौद्घिक थलो भएको चर्चा गरे । त्यस्तै पुर्व सांसद सीता गिरी वलीले हिजो राजनैतिक व्यवस्था परिवर्तन गर्न सबै जनता लागि परेको स्मरण गर्दै अव सबै मिलेर समृद्घिको यात्रा तय गर्नुपर्ने भनाई राखिन् ।