गण्डकी प्रदेशभरी १ वर्षमा करिव ५ सय जना पीडित

पोखरा, फागुन ८ ।
इन्सेक गण्डकी प्रदेश कार्यालय पोखराको आयोजनामा फागुन ७ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ सार्वजनिकीकरण तथा सन् २०२० को मानव अधिकार अवस्था विषयक मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ४ सय ७७ जना पीडित भएको तथ्याङ्क सार्वजनिक गरिएको छ ।

इन्सेकको अभिलेख अनुसार गण्डकी प्रदेशमा गैरराज्य पक्षबाट हत्या ६ जना , अपहरण ३ जना , महिला अधिकार अन्तरगत २ सय २५ जना , बालअधिकार अन्तरगत १ सय २१ जना र राज्यपक्षबाट कुटपिट २ जना , गिरफ्तारी ६१ जना , अभिव्यक्ति,भेला तथा संगठित हुन पाउने अधिकार अन्तरगत २६ जना र अमानविय व्यबहार अन्तरगत २ जना पीडित बनेका छन् ।

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को सार्वजनिकीकरण गर्दै गण्डकी प्रदेश मुख्य न्यायधिवक्ता राजेन्द्र घिमिरेले मानवअधिकार वर्ष पुस्तकले राज्य र त्यसका निकायलाई मानवअधिकार प्रति सचेत बनाउने बताए ।

उनले नेपाल मानवअधिकार वर्ष पुस्तकले नेपालको मानवअधिकार अवस्थालाई बुझुन महत्वपूर्ण भुमिका खेलेको भनाइ राखे ।

मानवअधिकार मैत्री प्रदेश बनाउनका लागि इन्सेक सहित मानवअधिकारको क्षेत्रमा क्रियाशिल संस्थाहरुसंग समन्वय र छलफल गरेर अगाडी बढ्ने उनले बताए ।

कार्यक्रममा इन्सेक गण्डकी प्रदेश कार्यालय प्रमुख शिवप्रसाद खकुरेलले मानवअधिकारको संरक्षण र संर्वद्धनको दायित्व राज्यको भएको बताउँदै राज्य जिम्मेवार बन्नुपर्ने बताए ।

उनले सार्वजनिकीकरण कार्यक्रममा २०२० को उत्कृष्ट जिल्ला प्रतिनिधिको रुपमा इन्सेक कास्की प्रतिनिधि सुशन घिमिरेलाई प्रमुख अतिथि गण्डकी प्रदेशका महान्यायधिवक्त राजेन्द्र घिमिरेले ७ हजार नगद, मायाको चियो , सम्मान पत्र प्रदान गरी सम्मान गरेका थिए ।