गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक पौडेल १ लाख घुससहित अख्तियारको फन्दामा

पोखरा, मंसिर १६ ।
गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. तारानाथ पौडेल १ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । आईतबार साँझ अमरसिंहचोकबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलिले उनलाई रंगेहात पक्राउ गरेको हो ।

लोकसेवा आयोगमा परीक्षा दिएका परीक्षार्थीलाई पास गराईदिन्छु भनि उनले घुस लिएको खुलेको छ । पौडेलमाथी मुद्धाको प्रक्रिया सुरु भैसकेको अख्तियार श्रोतले जनाएको छ । पौडेल यसअघि पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयको निर्देशकको रुपमा कार्यरत थिए ।