गण्डकी प्रदेशका सांसदको प्रश्न–मनाङमा चुनाव किन भएन ?

पोखरा, साउन २१ ।
गण्डकी प्रदेशसभामा तोकिएको मध्ये अहिले १ जना सांसदको पद खाली छ । मनाङका सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई सर्वोच्च अदालतले दोषी ठहर गरी जेल पठाएपछि उनको पद अहिलेसम्म रिक्त छ । गुरुङले शपथ नलिँदै प्रहरीले पक्राउ गरी जेल चलान गरेको हो ।

निर्वाचित भएपनि फौजदारी अभियोगमा जेल गएका भन्दै उनको ठाउँमा उपनिर्वाचन गर्न जनमोर्चाका सांसद कृष्ण थापाले माग गरे । सोमबारको संसद बैठकमा उनले सांसद पद रिक्त गर्न नहुने भन्दै तत्काल निर्वाचनको ब्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका छन् ।

प्रदेशसभा गठन भएदेखि नै यहाँको १ पद रिक्त छ । प्रत्यक्षतर्फ ३६ र समानुपातिक २४ गरि गण्डकी प्रदेशमा ६० जना सांसदको ब्यवस्था छ । तर हाल ५९ जना मात्रै छन् । प्रत्यक्षतर्फको एक सीट खाली रहेको हो । स्वतन्त्र रुपमा उम्मेदवारी दिएर गुरुङले चुनाव जितेका थिए ।