गण्डकी नाम राखेपछि बिजयोत्सव मनाउन नेकपाको आग्रह, संघर्ष समितिको निर्णय स्वागत

पोखरा, असार २२ ।
तमुवान–मगरात संघर्ष समितिले अर्थमन्त्री किरण गुरुङ सहित संस्कृतिविद् जगमान गुरुङलाई बहिष्कार गर्ने निर्णय गरेपछि अर्थमन्त्रीले निर्णयको स्वागत गरेका छन् । उनले जनजातिको पहिचान र सम्मानकै लागि गण्डकी नाम राखिएको प्रतिक्रिया दिए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै उनले तमुवान–मगरात संघर्ष समितिले गरेको बहिष्कारको निर्णय पनि स्वागत गरे । संसदीय दलको बैठकले नै सर्वसम्मत रुपमा गण्डकी नाम राख्ने निर्णय गरेको थियो ।

सोही प्रस्ताव संसदमा प्रतिनिधित्व गर्ने राजनितिक दलका सांसद मार्फत गण्डकी प्रदेश नामाकरण गरिने विज्ञप्तिमा भनिएको छ । गण्डकी नाम राख्न सघाउने सबैलाई धन्यवाद दिँदै आ–आफ्नो क्षेत्रमा बिजय उत्सव मनाउन पनि नेकपाले आग्रह गरेको छ ।