गण्डकीमा सुरु भो राष्ट्रियसभा चुनाव (फोटो फिचर)

पोखरा, माघ ९ ।
राष्ट्रियसभा चुनाव अन्तर्गत गण्डकीमा २ पदका लागि मतदान सुरु भएको छ । अन्य र महिला पद रिक्त हुने भएपछि यहाँ चुनाव हुन लागेको हो ।

चुनावमा नेकपा र काँग्रेसले दुवै पदमा उम्मेदवार उठाएको छ भने जनमोर्चाले अन्यमा मात्रै उम्मेदवारी दिएको छ । नेकपाबाट अन्यमा पार्टी प्रबक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ र महिलामा भगवती न्यौपाने उम्मेदवार बनेका छन् भने काँग्रेसबाट अन्यमा सूर्यप्रसाद रेग्मी र महिलामा विमला गौचन उम्मेदवार छन् । उता जनमोर्चाबाट अन्यमा शंकर बरालले उम्मेदवारी दिएका हुन् ।

प्रदेशसभा सदस्य ६० र स्थानीय तहका १ सय ७० जनाले चुनावमा मतदान गर्दैछन् । कास्कीको जिल्ला निर्वाचन कार्यालयमा भएको मतदान साँझ ४ बजेसम्म चल्ने छ ।