गण्डकीमा नेकपाको अध्यक्ष को बन्दैछ ?

पोखरा, भदौ २८ ।
पूर्व एमाले र माओवादी बीच केन्द्रमा एकीकरण भएको लामो समय वितिसक्दा पनि तल्ला तहमा एकीकरण थालिएको छैन । नेतृत्वमा आकांक्षी बढी भएपछि एकीकरण जटिल बन्दै गएको छ ।

गण्डकी प्रदेशको अध्यक्ष पूर्व माओबादीले पाउने लगभग टुंगिएको छ । त्यसो हुँदा हरिराज अधिकारी अध्यक्षको प्रमुख दावेदार हुन् । हितराज पाण्डेपनि अध्यक्षको रेसमा छन् ।

पूर्व एमालेबाट खगराज अधिकारी र तुलबहादुर गुरुङले पनि अध्यक्षमा दावा गरेका छन् । माओवादीले अध्यक्ष पाए ईञ्चार्ज एमालेबाट पाउने पक्का हुन्छ । ईञ्चार्जमा किरण गुरुङको नाम सबैभन्दा अगाडी छ । उनी हाल गण्डकी प्रदेशको अर्थमन्त्री हुन् । सहईन्चार्जमा देवेन्द्र पौडेलको नाम छ ।