गण्डकीमा कोरोनाका कारण १४ को मृत्यु, करिव १ हजार संक्रमित

पोखरा, जेठ ४ ।
गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण थप १४ को मृत्यु भएको छ । सबैभन्दा बागलुङका ४ र कास्कीका ३ जनाको मृत्यु भएको छ । मुस्ताङ, तनहुा र नवलपुरका २–२ तथा पर्वत र स्याङजाका १–१ जनाको मृत्यु भएको हो ।

यसैबीच, वितेको २४ घण्टामा प्रदेशभर ९ सय ५९ जना संक्रमित थपिएका छन् । कास्कीमा सबैभन्दा धेरै ४ सय १७, बागलुङमा १ सय २३ र तनहुँमा १ सय १२ संक्रमित थपिए । हिमालपालिको जिल्ला मुस्ताङमा १ संक्रमित भेटिएका छन् । आज मनाङको परीक्षणमा कोही पनि संक्रमण पोजिटिभ देखिएका छैनन् ।

याेसँगै यहाँ संक्रमितकाे संख्या ३० हजार पुगेकाे छ । ४ सय २१ जनाकाे निधन भएकाे छ ।