गण्डकीमा एक महिला र एक पुरुष मृत भेटिए

पोखरा, कार्तिक २६ ।
गण्डकी प्रदेशका विभिन्न जिल्लामा शव भेटिने क्रम अहिले अलि बढी छ । स्याङजा र पर्वतमा दुईजनाको शव भेटिएको छ । गल्याङ स्थित कालिकण्डकी किनारमा अपरिचित महिलाको शव भेटिएको हो । आँधी मुहान नजिकै २० बर्षकी महिलाको शव भेटिएको हो । घटनाबारे अनुसन्धान भैरहेको छ ।

यस्तै पर्वतको कुश्मा नगरपालिका ९ स्थित मल्याङदी खोलामा एक पुरुषको शव भेटिएको छ । स्थानीय ७५ बर्षिय रनबहादुर कामीको शव भेटिएको हो । उनी २१ गतेदेखि बेपत्ता थिए ।