गण्डकीमा एकैदिन ८३ जनामा कोरोना संक्रमण

पोखरा, भदौ १९ ।
गण्डकी प्रदेशमा शुक्रबार एकैदिन ८३ जना संक्रमित थपिएका छन् । सबैभन्दा धेरै नवलपुरमा ४१ जना थप हुँदा कास्कीमा १७ र गोरखामा १६ जना थपिएका छन् ।

यस्तै, लमजुङमा ३, तनहुँ र स्याङजामा २÷२ तथा मनाङ र बागलुङमा १÷१ संक्रमित थप भएका हुन् । पोखराका ७ र मनाङका १ संक्रमित प्रहरी हुन भने अरु अधिकांश कन्ट्याक्ट ट्रेसिङबाट फेला परेका हुन् । उनीहरु सबैलाई आइसोलेसनमा लैजाने तयारी भैरहेको छ ।