गण्डकीमा एकैदिन चारजना मृत भेटिए !

पोखरा, मंसिर ७ ।
गण्डकी प्रदेशका विभिन्न ठाउँमा चारजना ब्यक्ति मृत भेटिएका छन् । तनहूँको शुक्लागण्डकी नगरपालिका ३ कवासेमा एक अपरिचित ब्यक्तिको शव भेटिएको छ । रोशन भुजेलको बन्दै गरेको नयाँ घरको भुईंतलामा अन्दाजी ४५ बर्षिय पुरुषको शव भेटिएको तनहूँ प्रहरीले जनाएको छ ।

तनहूँकै देबघाट गाउँपालिका ५ बगै स्थित त्रिशुली नदिको किनारमा अपरिचित ब्यक्तिको शव भेटिएको छ । दुईजनाको शव भेटिएपछि प्रहरी अनुसन्धान थालेको छ ।

उता गोरखाको सिरानचोक गाँउपालिका १ बालखानका ३४ बर्षिय सिताराम कुँवर दरौंदी नदीमा मृत भेटिएका छन् । तनहूँको खैरेनिबाट घर जाँदै गर्दा गोरखाको चार किलो स्थित दरौंदी खोलामा हाम फाली बेपत्ता भएका थिए । उनको शव गोरखा नगरपालिका १३ सिमलगैरे स्थित झोलुंगे पुलमुनी भेटिएको हो ।