गण्डकीको प्रदेश समन्वय परिषद् बैठक भोलि, तयारी पूरा

पोखरा, मंसिर १० ।
गण्डकी प्रदेशको प्रदेश समन्वय परिषद्को बैठक मंगलबार (भोलि) देखि पोखरामा हुँदैछ । दुईदिनसम्म चल्ने बैठकमा प्रदेशभित्रको ८५ वटै स्थानीय तहका प्रमुख र उपप्रमुख सहित सांसद र मन्त्रीहरुको उपस्थिति रहनेछ ।

यो बैठकमा बिशेषगरि संघीयताको कार्यान्वयन र समृद्धीका एजेण्डाका बारेमा छलफल हुनेछ । दुई चरणमा हुने बैठकको पहिलो दिन मंगलबार ५ वटा कार्यपत्र माथी छलफल हुने सरकारका प्रबक्ता रामशरण बस्नेतले जानकारी दिए ।

उनका अनुसार पहिलो दिन संघ प्रदेश र स्थानीय सरकार बीचको अन्तरसम्बन्ध, संघीयताका अभ्यास, वित्तिय ब्यवस्थापन र योजना तथा कानुन निर्माण र कार्यान्वयनका बिषयमा छलफल हुनेछ । भोलिपल्ट बस्ने दोश्रो बैठकले परिषद्को बैठक कार्यविधि पास गर्नेछ भने अन्य समसामयिक बिषयमा छलफल सहित केही एजेण्डाहरु तय गर्नेछ ।

सोमबार बसेको मन्त्रीपरिषद् बैठकपछि बाहिरिँदै बस्नेतले समन्वय परिषद्को बैठकबारे सबै तयारी पूरा भएको जानकारी दिए ।