गण्डकीका मुख्यमन्त्री गुरुङ चीन जाने

पोखरा, भदौ ३० ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ चीन भ्रमणमा जाने भएका छन् । मुख्यमन्त्री सहित मुख्य न्यायधिबक्ता राजेन्द्र घिमिरे, प्रमुख सचिव लक्ष्मीराम पौडेल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गिरीधारी शर्मा लगायतको टोली ७ दिने भ्रमणमा जान लागेको हो ।

सेप्टेम्बर २५ चाईना जाने टोलिमा बाह्य क्षेत्रबाट पनि प्रतिनिधी रहनेछन् । भ्रमणकै क्रममा चीनको हैनान प्रान्तसँग भगिनी सम्बन्ध गाँस्ने कार्यक्रम छ । टोलिको भ्रमणलाई केन्द्रको मन्त्रीपरिषद् बैठकले स्किृति दिएको छ । टोलि अक्टुवर १ तारिकमा नेपाल फर्किने छ ।