गच्छदारले जोगाए काँग्रेसको साख, भगवती ३२१ मतले हारिन्

पोखरा, मंसिर २७ ।
निकै रोचक बनेको सुनसरी ३ को मतगणना सकिएको छ । लामो समयसम्म पछि परेका नेपाली काँग्रेसका उम्मेदवार विजय गच्छदार त्यसलाई उल्टाउँदै बिजयी भए । गच्छदारले एमाले उम्मेदवार भगवती चौधरीलाई ३ सय २१ मतले पराजीत गरे ।
गच्छदारले ३८ हजार ९ सय ७२ मत पाउँदा चौधरीले ३८ हजार ६ सय ५१ मत पाईन् । मतपत्रमा पैसा भेटिएपछि केही समय विवाद भएको थियो । सर्वदलीय सहमति पछि सुरु भएको मतगणना बुधबार विहान सकिएको हो । योसँगै देशभरको प्रत्यक्षतर्फको मतगणना सकिएको छ ।