खुलामञ्चमा चल्यो डोजर

काठमाण्डौं, बैशाख १४ ।
खुलामञ्च अतिक्रमण गरेर बनाइएको सटरहरुमा डोजर चलाईएको छ । शनिबार जस्ताले बारेर बनाईएका सटरमा डोजर चलाईएको हो । काठमाण्डौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको नेतृत्वमा पुगेको टोलिले सबै टहरा भत्काएको छ ।

सटर भत्काउने बेलामा केहीबेर पुगेका मेयर विद्यासुन्दर शाक्य कार्यक्रम छ भन्दै तत्कालै निस्केका थिए । उपमेयर हरिप्रभा खड्की पनि टहरा भत्काईसकेपछि मात्रै पुगेकी थिईन् । प्रधानमन्त्रीको ठाडो निर्देशनमा खुलामञ्चमा डोजर चलाईएको बताईएको छ ।

सटर भत्किएपछि आक्रोसित बनेका ब्यवसायीहरुले उपमेयर खड्कीमाथी आक्रमणको प्रयास समेत गरेका थिए । प्रहरीको सुरक्षाघेराबाट उनी खुलामञ्चबाट बाहिरिएकी थिईन् । प्रमुख जिल्ला अधिकारी आचार्यले माथीको निर्देशनमा डोजर चलाएको बताएका छन् ।