खानेपानीका हाकिम श्रोत नखुलेको १० लाख सहित पक्राउ

पोखरा, साउन २६ ।
नेपाल खानेपानी संस्थान बुटवलका कार्यालय प्रमुख सन्तोष साह श्रोत नखुलेको रकमसहित धादिङबाट पक्राउ परेका छन् । खानेपानी शाखा कार्यालयहरुको विभिन्न व्यक्तिहरुसंग घुसररिसवत रकम उठाई काठमाडौंतर्फ जाँदै गरेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

संस्थानको लु १ ञ ९५ नम्बरको गाडीमा बुटवलबाट काठमाण्डौ जादै गर्दा धादिङको धुनिवेसी नगरपालिका वडा नम्बर ८ खानीखोलाबाट पक्राउ परेका हुन् । उनको गाडी चेक जाँच गर्दा श्रोत नखुलेको नगद २ लाख ३३ हजार र बैंकमा जम्मा गरेको भौचर ८ लाख २२ हजार सहित पक्राउ गरिएको अख्तियारका प्रबक्ता तारानाथ अधिकारीले जानकारी दिए । पक्राउ परेका शाहमाथी अनुसन्धान भैरहेको छ ।