क्षमता बढाउँदै मनकामना केवुलकार

गोरखा, साउन २९ ।
मनकामना दर्शन प्रालिले चितवनको कुरिनटारमा सञ्चालन गरेको मनकामना केबुलकारको क्षमता बढाउन लागेको छ । नेपालको पहिलो केबुलकारका रुपमा स्थापित मनकामना केवलकारले तीन वटा गोण्डोला अर्थात् ‘कार’ थप्ने तयारी गरेको हो । तारको लठ्ठा (केबुल) मा झुण्डिने कारजस्तो डब्बालाई अंग्रेजीमा गोण्डोला भनिन्छ ।

यसअघि ३१ वटा गोण्डोला रहेकोमा अब ३४ वटा हुनेछन् । मनकामना दर्शन प्रालिका कार्यकारी निर्देशक राजेशबाबु श्रेष्ठले आउँदो घटस्थापनादेखि मनकामना केबुलकारले ३४ वटा गोण्डोलाबाट सेवा दिने जानकारी दिए ।

मनकामना केवलकार भएर औसत दैनिक तीनहजार यात्रुले मनकामनाको दर्शन गर्दछन् । चितवनको कुरिनटारबाट दश मिनेटमा गोरखाको मनकामना मन्दिरसम्म पुग्ने गरी २०५५ सालमा स्थापना भएको मनकामना केबुलकार नेपालको पहिलो केबुलकार हो ।