क्षमता अभिवृद्वि तालिम सम्पन्न

पोखरा, असार ४ ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण व्यवसायी संघको पाँचौ वार्षिक उत्सव तथा क्षमता अभिवृद्वि तालिम सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं. ४ का सभामुख माननिय सृजना शर्मा ले सुनचाँदी व्यवसाय राष्ट्रको मुख्य पेशा रहेको बताईन । त्यस्तै उद्योग पर्यटन तथा वातावरण मन्त्री विकास लम्सालले सुनचाँदी व्यवसायलाई मर्यादित बनाउन प्रदेश सरकारले पहल गर्ने बताए ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण व्यवसायी संघ कास्कीका अध्यक्ष किशान सुनार को अध्यक्षता दिव्य श्री ब्याङकट नागढुगांमा भएको सो कार्यक्रममा प्रमुख सभामुख सृजना शर्मा तथा उधोगमन्त्री विकास लम्सालले संयूक्त रुपमा केक काटेर कार्यक्रम को शुभारम्भ गरेका थिए । सुनचाँदी रत्न तथा आभूषण व्यवसायीहरुको हकहितका लागि २०६९ आषाढ ९ गते स्थापित भएको संस्थाको कार्यक्रममा आवद्व व्यवसायीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो भने क्षमता अभिवृद्विको तालिमको सहजिकरण नापतौल विभागका गणेश पोख्रेलले सहजिकरण गरेका थिए ।

कार्यक्रममा उधोग सासंद प्रभा कोइराला, मन्त्रालयका सचिव वुद्वि सागर पौडेल कास्की जिल्ला प्रहरी कार्यलयका प्रमुख ओम राना, जिल्ला प्रशासन कार्यलयका प्रशासन अधिकृत अनिल शाही लगायतले बोलेका थिए । कार्यक्रमको संचालन संचारकर्मी सुशिल नेपालीले गरेका थिए ।