क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ ।
क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन भएको छ । पोखराको हस्पिटलमा उपचाररत विरामीहरुले रगत अभावका कारण सहजै रगत पाउन छाडेपछि क्षत्री युवा समाज पोखरा महानगर समितिले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन भएको क्षत्री युवा समाज पोखरा महानगर समितिका अध्यक्ष सन्तोष कार्कीले जानकारी दिए ।

कोरोना महामारीका कारण पोखराका अस्पतालहरुमा विरामीले सहज ढंगले रगत पाउन गाह्रो भएको र रक्त सञ्चार केन्द्रमा समेत रगतको अभाव भएपछि आफ्नो समितिले समितिमा आवद्ध सदस्यहरुलाई रक्तदानका लागी आब्हान गरी आकस्मिक रक्तदान कार्यक्रमको आयोजना गरेको र जसमा २९ जनाले रक्तदान गरेको अध्यक्ष कार्कीले वताए ।

क्षत्री समाजको केन्द्रीय कार्यालय पोखरा ९ नयाबजारमा आयोजित रक्तदान कार्यक्रममा वोल्दै क्षत्री युवा समाजका केन्द्रीय अध्यक्ष दीपक बहादुर गोदारले कोरोना महामारीको अवस्थामा क्षत्री युवा समाज पोखरा महानगरले सामाजिक उत्तरदायित्व बहन गर्ने काम गरेकोमा धन्यवाद ब्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक कामलाई निरन्तरता दिन आग्रह गरे ।