क्रिकेट मैदान बनाउने जग्गा खोज्न धुर्मुस पोखरामा

पोखरा, चैत २४ ।
क्रिकेट मैदान निर्माणका लागि जग्गा खोज्दै धुर्मुस पोखरा आइपुगेका छन् । भुकम्पले घरवार बिहिन भएकाहरुका लागि घर तथा बस्ति निर्माण गरि समाज सेवामा हातहालेका कलाकार सिताराम कट्टेल धुर्मुस क्रिकेट मैदान लागि आवस्यक जग्गा हेर्न पोखरा आएका हुन् । उनले पोखरा रंगशालामा रहेको क्रिकेट मैदान, भरतपोखरी र हेम्जामा मैदान निर्माण गर्न उपयुक्त स्थानको अबोलकन गरेका छन् ।
भूकम्प प्रभावितहरुको लागि बस्ती निर्माण , रौटहटको मुसहर बस्ती निर्माण गरी सकेका सितारामले केही दिन पहिले नेपालमा सुविधा सम्पन्न क्रिकेट मैदान निर्माण थाल्ने घोषणा गरेका थिए । त्यसपछि क्रमश उनले काठमाण्डौ, भक्तपुर, बुटबलमा जग्गा हेरि सकेका छन् । उनी सगँ नेपाल क्रिकेट सगँकी पुर्व सिइओ भावना घिमिरे, पत्रकार रवि लामिछाने लगायतको टोली आएको छ ।