क्रसर रोक्न वडाध्यक्षको निर्देशन

पोखरा, भदौ १३ ।
पोखरा २१ स्थित दोविल्लामा रहेको क्रसर उद्योग बन्द गर्न वडाध्यक्ष खगराज आचार्यले निर्देशन दिएका छन् । बुधबार क्रसर कम्पनीलाई पत्र काटेर उनले १५ दिनभित्र बन्द गर्न निर्देशन गरेका हुन् । एसएनआरटिपी परियोजना अन्तर्गत छोरेपाटन–कृष्ती–निर्मलपोखरी सडकमा ग्राभेलिङ गर्नका लागि वडाध्यक्ष आचार्यले नै क्रसर राख्ने स्विकृति दिएका थिए ।

‘प्रोजेक्ट छोड्छु भनेर हिडेको थियो । काम चलाउन दिएको हो । धुलो उडेर वातावरण ध्वस्त भएपछि मनले मानेन, उनले भने–अव काम सकियो । क्रसर राख्न मिल्दैन । हटाउन निर्देशन गरेको छु ।’

मापदण्ड विपरित क्रसर उद्योग चलाएको भन्दै केहीसमय अघि सञ्चार माध्यममा समाचार पनि आएको थियो । तर वडाध्यक्ष आचार्यले चाहीँ जनताको भलोका लागि काम गरेको प्रतिक्रिया दिएका छन् । महानगरले पनि पटकपटक क्रसरको चावी खोसेको थियो । अन्नपूर्ण कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ कम्पनीले गएको ६ महिनादेखि दोविल्लामा क्रसर राखेर बाटोमा सामान सप्लाई गर्दै आएको थियो ।