क्यानडा पठाउँछु भन्दै लाखौ कुम्ल्याएर दलाल फरार

पोखरा, साउन २२ ।
सामान्य जीवनयापन बिताईरहेका नेपालीहरुको ड्रिम कन्ट्रि भनेकै अमेरिका, बेलायत, हङकङ, सिङ्गापुर, अष्ट्रेलिया तथा क्यानडा जस्ता विकसित मुलुक नै हुन् । नेपाल सरकारले स्वदेशमै समयापेक्ष रोजगारीको सिर्जना गर्न नसक्नुको कारण युवाहरु आर्थिक रुपमा सवल हुन विदेशिने बाहेक विकल्प देख्दैनन् ।

पछिल्लो समय खाडी मुलुक भन्दा युरोपका विकसित राष्ट्रतिर नेपाली युवाहरुको नजर बढिरहेको छ । शैक्षिक योग्यता पुगेकाले विद्यार्थी भिजामा र आधारभुत शिक्षा भएकाले मोटै रकम तिरेरै भएपनि विकसित मुलुक हानिने गरेको पाईन्छ । तर कतिपय व्यक्तिहरुको ड्रिम कन्ट्रि पुग्ने सपना भने विचौलियको जालोमै तुहिन्छ ।

त्यही जालोमा फसाउन माहिर नामुद दलाल मध्येका धनबहादुर थापामगर उर्फ “सुवास” पनि एक हुन । व्यास नगरपालिका वडा नं ५ चापाघाट, तनहुँ स्थायी घर भएका दलाल सुवासले कैयौ युवाहरुलाई विभिन्न प्रलोभनमा पारि क्यानडा पठाउने भन्दै लाखौ रकम उठाएर फरार छन् ।

उनले विभिन्न ठाउँका विभिन्न व्यक्तिहरुलाई क्यानडा पठाउने भन्दै झण्डै ४५ लाख कुम्ल्याएर एक महिनाबाट सम्पर्क विहिन भएका हुन । दलाल मगरले व्यास नगरपालिका वडा नं ४ दमौली, तनहुँका राम प्रसाद खरेलको १५ लाख ५० हजार, भक्तपुर–५ घर भएका सम्झना तामाङको १८ लाख ५० हजार, पोखरा लेखनाथ महानगरपालिका वडा नं १३ का राजकुमार गुरुङको १ लाख ५० हजार, र शैलेङ्गेश्वरी वडा नं २ दोलखाका रमेश श्रेष्ठको १२ लाख रुपैया लिएर असार देखि सम्पर्कमा नआएको पिडित राम प्रसाद खरेलले बताए ।

खरेलले भने “दक्षिण अफ्रिकामा थिए, एउटै ठाउँको चिनजानका आधारमा फेसबुक मार्फत कुरा भयो, क्यानडामा गएर महिनाको लाखौ कमाउन सक्ने भन्दै दलालले मलाई नेपाल बोलायो ।” दलाल मगरले क्यानडा पठाउने शत प्रतिशत ग्यारेण्टी दिएर आफुलाई नेपाल फिर्ता बोलाएको खरेलले बताए ।

स्रोतका अनुसार सोझा मतवाली युवाहरुलाई म्यासेन्जर तथा ईमोको प्रयोग मार्फत क्यानडा र टर्की पठाउन आफु अव्वल रहेको बताउँदै महिनामा मोटो रकम कमाउन सकिने भन्दै प्रलोभनमा पार्ने गरेको पाईएको छ ।

दलाल मगरले जेठमा मात्र काठमाडौमा भेटेरै राम प्रसाद खरेल र सम्झना तामाङले नगद उनकै हातमा थमाएका थिए । त्यसको केही समय पछि पासपोर्टमा क्यानडाको नक्कली भिजा हानेर म्यासेन्जर मार्फत खरेल र तामाङलाई फोटो पठाएर क्यानडा जाने भन्दै भारत बोलाएको तामाङले बताईन ।

उनले भनिन(“हप्ता दिन सम्म भारतको होटलमै बितायौ, तर पनि उड्नेको ठेगान नभएपछि दलाललाई कुरा गर्दा हुन्छ हुन्छ भन्दै आलटाल गरेर हामीलाई नेपालमै फर्कायो ।”

नामुद दलाल सुवास थापामगरले हामीलाई मात्र होईन कैयौं युवाहरुलाई ठगिसकेको उल्लेख गर्दै अन्य दाजुभाईहरु सतर्क रहनपर्ने बताए ।
अर्का पिडित राजकुमार गुरुङले पनि क्यानडा जान भन्दै सुवासलाई आईएमई मार्फत १ लाख ५० हजारमा भारत पठाएको बताए ।

उनले भने(“लाखौ नकमाए त के बिदेश जानुनी, क्यानडा पु¥याएन भने तपाई पैसा पुरै फिर्ता गरिदिन्छु भनेर वचन दिएको थियो आखिरमा फरार भयो । “यसले आफ्नो मात्र होईन सिङ्गो मगर समुदायको प्रतिष्ठा माथि आँच पु¥याएको छ ।”

टर्कीमा मासिक ३ लाख भन्दा बढि रकम कमाउन सकिन्छ भनि आफुलाई टर्की पठाएको दोलखाका रमेश श्रेष्ठले बताए । उनका अनुसार १२ लाख तिरेर अबैधानिक तवरले टर्की पु¥याईएको रहेछ । तर सम्झौता भए अनुसार केही काम नपाईएको श्रेष्ठले बताए । उनले भने(“भोक भोकै डेढ महिना बिताए, अन्तमा नेपाली राजदुतावासको सहयोगमा बल्लतल्ल नेपाल फर्किन सफल भए ।”

दमौलीका धन बहादुर थापामगर उर्फ “सुवास” दलालका एक उदाहरण हुन, यस्ता दलालको दलदलमा फस्नुपुर्व युवाहरु आफै सचेत हुन जरुरी देखिन्छ भने सम्बन्धित निकायले यस्ता दलाल तथा बिचौलियाहरुलाई मौलाउनबाट रोक्नको लागी पहलकदमी थाल्नुपर्ने आवश्यक देखिन्छ ।