क्यानडाविरुद्ध बसन्त र सन्दीपले लिए २–२ विकेट

पोखरा, फागुन २ ।
आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत क्यानडा विरुद्धको निर्णायक खेलमा नेपालले टस जितेर पहिले बलिङ गरिरहेको छ । नेपालका लागि सन्दीप लामिछाने र बसन्त रेग्मीले २–२ विकेट लिएका छन् । १० ओभरसम्म कुनै सफलता हात नपारेको नेपालले ११ ओभरमा दोस्रो सफलता हात पारेको थियो । नेपालका लागि बसन्त रेग्मीले पहिलो विकेट दिलाएका थिए । उनले आफ्नो स्पेलको दोस्रो बलमै रभिन्दु गुणकेसरालाई ९ रनमा रोहितकुमार पौडेलबाट क्याच गराए । गुणकेसरा आउट भएसँगै क्यानडाको ४६ रनको ओपनिङ साझेदारी तोडियो ।
यस्तै सन्दीप लामिछानेले क्यानडा कप्तान नितीश कुमारलाई ५ रनमा आउट गरेका छन् । यस्तै सन्दीपले धनुस्का पाथिरानालाई २ रन बनाएर खेलिरहदा एलबिडब्लुको धरापमा पारे । बसन्तले क्यानडाको चौथो विकेटको रुपमा धलिवाललाई ४ रन बनाएर खेलिरहदा विकेटकिपर दिलीप नाथबाट स्टम्पपिन गराए ।