को हुन् ४ नम्बर प्रदेश प्रमुख बाबुराम कुवँर

पोखरा, माघ ३ ।
२०१७ साल साउन १० गते अर्घाखाँचीको सन्धीखर्क नगरपालिका वडा नम्बर १ मा जन्मिएका कुवँर लामो समय कानुनी पेशामा सक्रिय रहे । २०३३ सालमा अर्घाखाँचीकै जनज्योती ब्यवसायीक मावि सन्धीखर्कबाट एसएलसी पास गरेका उनी २०३४ सालमा पिएन क्याम्पसमा कानुन बिषय बिषय पढ्नका लागि भर्ना भए । उनी पिएन क्याम्पसको कानुन बिषयमा पहिलो ब्याच समेत हुन् । २०३४ सालमा काठमाण्डौं हानिएपछि कुवँरले त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर कानुनमा एलएलएम पास गरे । नेपालमा पहिलो पटक एलएलएम सुरु हुँदा उनी पहिलो विद्यार्थी थिए ।
काठमाण्डौंको छाउनीमा बस्दै आएका उनी सिनियर एडभोकेटको रुपमा अहिले पनि कार्यरत छन् ।
कुँवर नेपाली काँग्रेस निकट कानुन व्यवसायीको संगठन डेमोक्रेटिक लयर्स एसोसियसनका पूर्व अध्यक्ष हुन् । उनले संवैधानिक विवाद्सम्बन्धी मुद्दामा लामो समयदेखि बहस गर्दै आएका छन् । फौजदारी कानुनका विषयमा जानकार कुँवरले अन्य मुद्दामा पनि दख्खल राख्छन् । कुवँर २०७० फागुनदेखि २०७२ असोजसम्म नेपाल सरकारको महान्यायधिबक्ताको रुपमा रहेर काम गरे । हाल उनी नेपाली काँग्रेसको कोटाबाट ४ नम्बर प्रदेश प्रमुखको रुपमा नियुक्त भएका छन् ।