को बन्ला प्रधानमन्त्री ?

पोखरा, जेठ ७ ।
संविधानको धारा ७६ को उपधारा ५ अनुसार सरकार गठनको चरणमा छ । हालका प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले आफ्नो पक्षमा बहुमत रहेको भन्दै प्रधानमन्त्रीमा दावी गरेका छन् ।

उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीलाई निवेदन बुझाएका हुन् । शुक्रबार साँझ ५ बजेसम्मका लागि समय दिईएकोमा अहिलेसम्म त्यसको फैसला भएको छैन । ओलीले आफ्नो पक्षमा १५३ सांसद रहेको दावी गरेका छन् भने देउवाले १ सय ४९ सांसद रहेको बताएका छन् ।

ओलीको दावी पत्रमा जसपाको तर्फबाट अध्यक्ष महन्थ ठाकुर तथा संसदीय दलका नेता राजेन्द्र महतो र एमालेका अध्यक्ष एवम् दलका नेता केपी शर्मा ओलीको हस्ताक्षर छ । देउवाको दावी पत्रमा कांग्रेसका ६१, माओवादीका ४९, एमालेमा माधव नेपाल समूहका २६, जसपाका १२ र जनमोर्चाका १ सांसदको हस्ताक्षर छ ।

राष्ट्रपतिले देउवा वा ओली कसलाई नियुक्त गर्ने भन्नेमा निर्णय लिनेछिन् । त्यसका लागि उनी कानूनी परामर्शमा छिन् ।