कोरोना भाइरसविरुद्ध साझा रणनीति बनाउन सार्क राष्ट्रका नेताहरुबीच आज भिडियो संवाद हुने
काठमाडौं, चैत २ ।
सार्क राष्ट्रका नेताहरुबीच आज कोरोना भाइरसविरुद्ध साझा रणनीति बनाउन भिडियो संवाद हुने भएको छ ।
साँझ ५ बजे हुने भिडियो संवादमा नेपालका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हनेछन् ।
उनी सिहंदरबारस्थित प्रधामन्त्री कार्यालयमा रहेको एक्सन रुमबाट भिडियो संवादमा सहभागी हुुने बताइएको छ ।
गत शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरसविरुद्ध लड्न सार्क राष्ट्रहरुलाई अपिल गरेका थिए ।
मोदीको अपिललाई अरु सदस्य राष्ट्रहरुले जस्तै पाकिस्तानले पनि स्वीकारेपछि भिडियो संवाद सम्भव भएको हो ।
सार्कं राष्ट्र नेपाल, पाकिस्तान, भारत, अफगानिस्तान, भुटान,माल्दिभ्स र श्रीलंकाका नेताहरुबीच एक साथ भिडियो संवाद हुनेछ ।
संवादमार्फत सार्क राष्ट्रका नेताहरुले आफ्ना अनुभव र संक्रमण नियन्त्रणका उपायबारे छलफल गर्नेछन् । भारतमा कोरोनाका कारण दुईजना र पाकिस्तानमा एक जनाको मृत्यु भएको छ ।
नेपाललगायत अन्य सार्क सदस्य राष्ट्रहरुमा कोरोनाका विरामी भेटिएका छन् ।
भारत र पाकिस्तानबीचको कटुतापूर्ण सम्बन्धका कारण विगत चार वर्षदेखि सार्कको गतिविधि शून्यप्रायः छ ।
(ईमेजखबरबाट साभार)