कोरोनाले डीएसपी केसीको मृत्यु

पोखरा, जेठ ६ ।
नेपाल प्रहरीका डीएसपी राजकुमार केसीको कोरोना संक्रमणका कारण निधन भएको छ । गएराति नेपाल प्रहरी अस्पतालमा उनको निधन भएको हो ।

काठमाडौंको मूलपानी स्थायी घर भएका केसीलाई संक्रमण भएपछि प्रहरी अस्पतालमा भर्ना गरिएको थियो ।

उनी महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत थिए । केसी प्रहरी संगठनमा इमान्दार र दक्ष अधिकृतको रुपमा परिचित थिए । केहि समय कास्कीमा समेत काम गरेर फर्किएका हुन् ।