कोरोनाको समस्या समाधानको बाटो अवलम्बन गर्न व्यवसायीहरुलाई आग्रह : रक्षामन्त्री

काठमाडौं, चैत ३ ।

विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम र यसले पार्ने असरबारे उच्च स्तरीय समन्वय समितीले सोमबार देशका पर्यटन व्यवसायीहरुसंग छलफल गरेको छ ।

उपप्रधान तथा रक्षामन्त्रीको पहलमा गरिएको छलफलमा पर्यटन व्यवसायीहरुले कोरोना भाइरसले पर्यटन क्षेत्रमा पारेको असरबारे समितिलाई जानकारी गराएका थिए ।

पर्यटनमन्त्री योगेश भट्टराई समेत सहभागी भएको छलफलमा व्यवसायीहरुले पर्यटन क्षेत्रलाई उद्धार गर्ने उपायका बारेमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रममा रक्षामन्त्री पर्यटन व्यावसायीहरुले आफ्नो समस्या मात्रै राखेको भन्दै देशकै साझा समस्या भएकाले सबै मिलेर समाधानको बाटो अवलम्बन गर्न आग्रह गरे ।

कोरोना भाइरसको संक्रमण रोकथामका लागि प्रधानमन्त्रीको आदेशमा उच्चस्तरीय समन्वय समितीले प्रत्येक दिन विभिन्न निकायहरुसंग छलफल गरिरहेको र यसलाई निरन्तरा दिने जानकारी समेत उनले दिए ।

छलफलकै क्रममा हवाइ्र्र उडानमा भएको घाटा, होटल व्यवसायीहरुको रोजीरोटीमा परेको असरका बारेमा समितीलाई जानकारी गराएका थिए ।
(ईमेजखबरबाट साभार)