कोरियाले थप्ने भयो नेपाली कामदार, यस्तो छ तयारी

काठमाण्डौं, पुस १० ।
रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत सन् २०१९ का लागि नेपालले १० हजारभन्दा बढी कामदार कोटा पाउने भएको छ । कोरिया सरकारले आफ्नो देशमा आवश्यक पर्ने विदेशी जनशक्तिको संख्या निर्धारण गरेसँगै नेपालले यो संख्यामा कोटा पाउने बताइएको छ ।

कामदार छनोटका लागि फागुनको दोस्रो साता १० औं भाषा परीक्षाको आवेदन आह्वान हुने भएको छ । कोरियालले नेपाली कामदारको कार्यक्षमता उत्कृष्ट रहेको जनाउँदै थप कामदार छनोटका लागि फागुनमा भाषा परीक्षाको सूचना आह्वान गरी जेठको अन्तिम र असार पहिलो साता भाषा परीक्षा गर्ने योजना बनाइएको छ ।

वैदेशिक रोजगार विभाग इपिएस शाखाले विगतको वर्षको उत्तीर्ण संख्याका आधारमा आगामी वर्षका लागि नेपालले अनुमानित १० हजार कोटा पाउने जनाएको छ । लामो समयदेखि नेपालबाट इपिएस मार्फत कोरियाले नेपाली कामदार लगिरहेको छ ।