कैलाश सहकारीको ८ औँ साधारण सभा सम्पन्न

 

पोखरा, असोज १२ ।

पोखराको चिप्लेढुंगा रहेको कैलाश वचत तथा ऋण सहकारी संस्थाले शनिबार आफ्नो ८ औँ साधारण सभा सम्पन्न गरेको छ ।

कार्यक्रमको समुद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा संस्थापक अध्यक्ष नविनराज पौडेलले कैलाश बचत तथा ऋण सहकारी संस्था कास्की जिल्ला र आसपासमा फोटोग्राफी व्यवसाय संचालन गरी बसेका व्यवसायीहरुको संस्था भएकोले पेशागत हित तथा आर्थिक उन्नतिका लागी महत्वपूर्ण भुमिका खेलेको बताए ।

विशेष अतिथि पत्रकार महासंघ गण्डकीका सचिव इन्द्र प्रसाद पौडेलले सेयर सदस्यको आर्थिक उन्नतीका लागी उद्योग खोलेर उत्पादन क्षेत्रमा योगदान दिंदा देशको आर्थिक संवृद्धमा सघाउ पु¥याएकोे बताए ।

अर्का विशेष अतिथि फोटोग्राफर महासंघ नेपालका उपाध्यक्ष दुर्गा प्रसाद पौडेलले आफ्ना शेयर सदस्यका लागी फ्रेम उद्योग कलर ल्याव फेल्क्स् प्रिन्ट जस्ता सेवा संचालन गरेकोले फोटो ब्यवसायी तथा समुदायलाई आफ्नै ठाउमा उत्पादीत सामाग्री सस्तो र गुणस्तरिय रुपमा सेवा प्रदान गरी केही ब्यक्तिलाई रोजगार दिन सफल रहेकोमा खुशी ब्यक्त गरे । बिशेष अतिथि पोखरा फोटोग्राफर महासंघ अध्यक्ष रविनाथ दाहाल, सल्लहाकारहरु जिवन ढुंगाना, जयन्द्र राजभण्डारी, मदन आचार्य, सेयर सदस्य सुरेन्द्र श्रेष्ठ शिक्षा उप–समिति संयोजक इन्दिरा शर्मा लगाएतले बोलेका थिए

कार्यक्रममा सहकारीका अध्यक्ष शिवहरी अधिकारीले अहिलेको तीन तहको सरकारले सहकारीलाई नयाँ ऐन नियम ल्याएर अठ्याउन खोजेको बताउँदै सानो–सानो पूँजी संकलन गर्दै आर्थिक उत्थानमा लागेका सहकारीका गतिविधिहरुमाथिको अंकुश लागेको बताए । संस्थागत रुपमा खोलिएका र उत्पादन मुलक रुपमा उद्योगस्थापना गरी संचालन गरेको सहकारीलाई राज्य पक्षबाट अनुदान तथा विविध खालका सहयोग नगरेको र ३० जना कर्मचारीलाई रोजगार दिन सफल यस्ता संस्था लाई सहकारी ऐन भित्र समेट्न नसक्नु दुखद कुरा भएको बताए ।

कार्यक्रममा सहकारीका कोषाध्यक्ष नविन ढुंगानाले आर्थिक प्रतिवेदन र सचिव विनोदराज ढकालले सचिवको प्रतिवेदन, लेखासमिति संयोजक परशुराम आचार्यले लेखाको प्रतिवेदन फ्रेम उद्योग उप समिति संयोजक बिष्णुहरी अधिकारीले उद्योगको प्रतिवेदन पेश गरेका थिए भने उपाध्यक्ष खडानन्द अधिकारीले स्वागत मन्तव्य महिला उप–समिति संयोजक शान्ती सुवेदीबाट सहकारीको सात शिद्धान्त वाचन गरेका थिए ।

कार्यक्रममा उत्कृष्ट फ्रेमम खरिदकर्ता २० जना उत्कृष्ट फोटो प्रिन्ट तर्फ ५ जना, उत्कृष्ट फेल्क्स् प्रिन्ट तर्फ ५ जना, उत्कृष्ट कर्मचारी ३ जना, उत्कृष्ट बचत कर्ता २ जना, उत्कृष्ट कारोवारी २ जना, उत्कृष्ट बाल बचत १ जना लाई सम्मान गरिएको थियो ।