कुलमानको नियुक्तीबारे मन्त्रीपरिषद्मा प्रश्ताव नै नलगेको उर्जामन्त्रीको भनाई

काठमाण्डौं, भदौ ९ ।
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङलाई नियुक्त गर्ने बिषयमा कुने प्रश्ताव मन्त्रीपरिषद्मा नलगेको उर्जामन्त्री वर्षमान पुनले बताए । सामाजिक सञ्जाल र सञ्चार माध्यममा समेत कुलमानलाई निरन्तरता दिने निर्णय भएको समाचार आईरहेका बेला मन्त्री पुनले प्रश्ताव समेत मन्त्रीपरिषद्मा नगएको बताएका हुन् ।

अहिले मन्त्रीपरिषद् बैठक बसिरहेको छ । तर कुलमानको नियुक्ती प्रश्ताव भने एजेण्डामा छैन । घिसिङको कार्यकाल भदौ २९ पछि सकिँदै छ । उनलाई नेतृत्वबाट हटाउन नहुने जनदवाव बढिरहेको छ ।