कास्की ३ (ख) मा एमालेका राजीव बिजयी

पोखरा, मंसिर २४ ।
कास्की क्षेत्र नम्बर ३ प्रदेशसभा (ख)मा पनि नेकपा एमालेका युवा नेता राजीव पहारी बिजयी भएका छन् । उनले नेपाली काँग्रेसका उम्मेदवार सिकन्दर गुरुङ (भोजे)लाई ५ हजार २ सय ९१ मतान्तरले पराजीत गरे । पहारीको १६ हजार १ सय ६७ मत आउँदा सिकन्दरले १० हजार ८ सय ७६ मत पाए ।