कास्की २ मा देवराज र रवीन्द्रको कडा टक्कर (हेर्नुस भिडियो)

पोखरा, मंसिर ५ ।
नेपाली काँग्रेसका बौद्धिक नेता देवराज चालिसे र एमाले नेता रवीन्द्र अधिकारी अहिले एउटै निर्वाचन क्षेत्रका प्रतिश्पर्धी हुन् । दुवैजना जनताका लागि प्यारा छन् । यद्यपी चुनाव एउटाले मात्रै जित्ने हो । तसर्थ कुन नेता प्रतिश्पर्धामा सफल हुन्छन् भन्न सकिने अवस्था छैन ।
कास्की निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधीसमा सदस्यका लागि दावेदारी दिएका दुवै नेताको चुनावी माहौल निकै बढेको छ । जनताको घरघरै पुगेर भोट मागिरहेका छन् दुवैले । लगातार सोही क्षेत्रबाट चुनाव जितेर सांसद बनेका अधिकारी आफ्ना विगतका कामलाई समिक्षा गरेर सुधार सहित योजना बुनिरहेका छन् भने चालिसे संसदीय चुनावमा नयाँ अनुहार हुन् । राजनीति जीवनको ४ दशकपछि उनी यो अवसरमा पुगेका छन् ।
अधिकारी यही क्षेत्रमा ह्याट्रिक गर्ने दाउमा छन् भने चालिसे विपक्षीको ह्याट्रिक रोकेर आफ्नो खाता खोल्दैछन् । २०५६ पछि यो क्षेत्रमा एमालेले राज गरिरहेको छ । २०५६ मा काँग्रेस नेता महादेव गुरुङ कास्की २ बाट निर्वाचित भएका थिए ।
भिडियो हेर्न तलको लिकंमा जानुहोला
https://www.youtube.com/watch?v=pl7lCyi97rg&t=2s