कास्की २ः नेकपा उम्मेदवार भट्टराई बिजयी

पोखरा, मंसिर १५ ।
कास्की २ मा भएको उपनिर्वाचनमा नेकपा उम्मेदवार विद्या भट्टराई बिजयी भएकी छन् । ११ मध्ये ८ वटा वडा गनिसक्दा भट्टराईको जीत सुरक्षित भएको हो । अव ९ हजार मत गन्न बाँकी छ । पछिल्लो मतगणना अनुसार भट्टराई ८ हजार ५ सय मतले अघि छन् ।

गन्न बाँकी सबै मत काँग्रेसको पोल्टामा आएपनि अव नेकपालाई जित्न सकिँदैन । बदर मत धेरै हुने र नेकपालाई निकै कम मत जाँदा मात्रै काँग्रेसको आशा जीवित रहन्छ । त्यसो त गन्न बाँकी ३ मध्ये २ वडा काँग्र्रेसको पकड मानिन्छ भने एउटामा बराबर मत आउने आकलन छ ।

हालसम्म नेकपाले २० हजार ७ सय ९७ मत पाएको छ भने काँग्रेसले १२ हजार २ सय ५५ पाएको छ । हालसम्म् ८ हजार ५ सय ४२ मतको फरकमा नेकपा अघि रहेको छ । औपचारिक घोषणा मात्रै बाँकी छ ।